+
+

शिक्षा क्षेत्र तस्करहरूको केन्द्र बन्यो : एमाले सांसद पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १३:०१

१९ असोज, काठमाडौं । नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले अहिलेको शिक्षा क्षेत्र तस्करहरूको केन्द्र बनेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयकमाथि आफ्नो धारणा राख्ने क्रममा सांसद पोखरेलले शिक्षा क्षेत्रको संस्कृतिलाई निस्तेज गरेको बताएका हुन् ।

उनले अगाडि भने, ‘सरकारले शिक्षालाई मानव समाजको उन्नतीका लागि अनिवार्य हुन्छ भन्ने ठानेन । त्यति मात्रै होइन, शिक्षा क्षेत्रलाई व्यापार र उद्योग हो भन्यो । मानव तस्करहरूको केन्द्र बनायो । त्यस कारण आजको शिक्षा क्षेत्र बिरामी पर्‍यो ।’

‘शिक्षाको अर्थ चेतना हो । चेतना ज्ञानमा बदलिन्छ । ज्ञानले सापेक्षतालाई परिवर्तन गर्छ । हामी यो समाज र परिस्थितिलाई बदल्न चाहन्छौँ’, उनले भने, ‘तर यो विधेयकले आजको समाज बदल्न सक्छ ? मेरो बुझाइमा सक्दैन ।’

उनले सरोकारवालासाग छलफल गरेर सरकारले यो विधेयकलाई फिर्ता लिएर नयाँ विधेयक ल्याउनु पर्ने बताए ।

‘हाम्रो शिक्षा क्षेत्र बिरामी छ । जब कुनै बिरामी उपचार गर्न लगिन्छ भने सबभन्दा पहिले समस्या के हो भन्ने थाहा पाउनु पर्छ । मलाई यो विधेयकले त्यो ज्वरो थाहा पाएजस्तो अनुभूत भएको छैन’, उनले भने, ‘हाम्रो शिक्षाले आत्मनिर्भर हुन सिकाएन । हाम्रो शिक्षाले श्रमलाई सम्मान गर्न सिकाएन । हाम्रो शिक्षाले संस्कार, संस्कृति, नैतिक र सामाजिक बन्न सिकाएन । राष्ष्ट्र, राष्ट्रियता र स्वाभिमानी बन्न सिकाएन । सिप र ज्ञानलाई प्रयोग गर्ने विधि, ठाउँ र जुक्ति सिकाएन । खोज, अनुसन्धान, अध्ययन र प्रयोगबाट अविषकार वा समयको परिवर्तनसहितको सिर्जना गर्न सिकाएन । यो नै हाम्रो शिक्षा क्षेत्रको बिराम हो जस्तो लाग्छ ।’

उनले अवकाश प्राप्त शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर र विज्ञलाई घरमा राखेर तलब दिनेभन्दा पनि उनीहरूको योग्यता, अनुभव, ज्ञान र सिपलाई प्रयोग गरेर पाठ्यक्रम निर्माण तालिम, अनुसन्धान, विश्व बजारको अध्ययन र भोलिको आवश्यक्ताका लागि प्रयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?