+
+

कुशल, रोहित र दिपेन्द्र इसेवा, ईएमटी र फोन पेको ब्राण्ड एम्बेस्डर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १७:२१

१९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल, ओपनर ब्याटर कुशल भुर्तेल र अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई तीन फरक फरक डिजिटल पेमेन्टले ब्रान्ड एम्बेस्डर घोषणा गरेका छन् ।

कप्तान रोहितकुमार पौडेललाई ईसेवाले तथा कुशल भुर्तेललाई फोन पे र दिपेन्द्र सिंह ऐरीलाई ईसेवा मनि ट्रान्सफरले ब्राण्ड एम्बेस्डर बनाएको हो ।

तीन खेलाडीसँग २ वर्षको लागि सम्झौता गरिएको हो । सम्झौता अनुसार यी तीनै खेलाडीले जनही वार्षिक ६ लाख रुपैयाँ र अन्य विभिन्न सुविधा सहित प्राप्त गर्ने छन् ।

त्यसवापत उनीहरुले सम्बन्धित ब्राण्डको बजारीकरणमा सहयोग गर्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?