+
+

कोशीको मुख्यमन्त्रीमा माओवादीका आङ्बोको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते १६:२७

२० असोज, विराटनगर । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशीको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

नेपाली कांग्रेसले दुई दुई पटक सरकार बनाए पनि विश्वासको मत प्राप्त गर्न नसकेकाले अब माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्ने आङ्बोको तर्क छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार मात्र राजीनामा दिएका छन् । संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको छ ।

प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी संसदीय दलका नेता आङ्बोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताए । तर कांग्रेस नेतृत्वको सरकारले दुईपटक विश्वासको मत नपाएर उपधारा ३ हुँदै ५ मा पुगेको भन्दै उनले भने, ‘अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’

अहिले तुलात्मक रुपमा माओवादीको नेतृत्वमा सरकार बनाउँदा बहुमत पुग्ने र विश्वासको मत पनि प्राप्त गर्न सक्ने उनको दाबी छ । राप्रपासँग केन्द्रमा नेताहरुले सम्वाद गरिरहेको भन्दै माओवादी संसदीय दलका नेता आङ्बोले भने, ‘मध्यावधिलाई रोक्न र प्रदेशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनसँग सहकार्य गर्न राप्रपा अलिकति नजिक छ ।’

९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत छ भने एमालेसँग ४० र राप्रपासँग ६ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?