+
+

इजरायलमाथि हमासको आक्रमण : अहिलेसम्म के-के भयो ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते २२:२१

काठमाडौं । प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या १०० नाघेको इजरायली स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अहिले ९८५ जना अस्पतालमा छन् । उनीहरुमध्ये कतिपयको अवस्था गम्भीर छ । इजरायली डिफेन्स फोर्सको आफ्नो सेनाले २२ स्थानमा चरमपन्थी समूहसँग लडिरहेको बताएको छ । दुई स्थानमा बन्धक जस्तै अवस्था रहेको उसले स्वीकार गरेको छ ।

  • गाजापट्टीबाट इजरायलमा दर्जनौं रकेट हानिएको थियो, जसमा परी मृत्यु हुनेको संख्या १०० नाघेको इजरायली स्वास्थ्य मन्त्रालयले बताएको छ ।
  • आक्रमणमा पनि घाइते हुनेहरूमा नेपाली नागरिक समेत छन् । परराष्ट्र मन्त्रालयका अनुसार ९ जना नेपाली घाइते भएको पुष्टि भएको छ, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
  • आक्रमणपछि हमासका दर्जनौं हतियारधारी लडाकू दक्षिणी इजरायलमा घुसेका छन् ।
  • प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, यो युद्ध हो र यसको मूल्य चुकाउनुपर्छ । उनले सुरक्षा प्रमुखहरुको बैठकमा घुरपैठ गर्नेहरुलाई सफाया गर्न निर्देशन दिएका छन् ।
  • कैयौं इजरायलीलाई बन्धक बनाएर गाजापट्टी लगिएको खबर छ ।
  • इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले हमासको अखडाहरुमा जवाफी आक्रमण गरेको छ । गाजापट्टीमा हमासको १७ अखडा र ४ हेडक्वाटरमा इजरायलले हवाई आक्रमण गरेको छ ।
  • विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुले आक्रमणको निन्दा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?