+
+

विश्वकपमा इंग्ल्याण्डले बंगलादेशलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १९:३२

२३ असोज, काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई १३७ रनको फराकिलो अन्तरले हराएको छ ।

धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ओपनर डेविड मालनको शतकीय मद्दतमा ३६४ रनको विशाल योगफल तयार पारेको थियो ।

जोनी बेयरस्टोसँग मिलेर इंग्ल्याण्डलाई राम्रो सुरुवात दिलाएका उनले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए ।

बेयरस्टो ५२ रनमा आउट भएपछि तेस्रो नम्बरमा आएका जोए रुटले मालनलाई साथ दिए । रुटले ८२ रन बनाए ।

मालन १४० रनमा मेहन्दी असनको बलमा बोल्ड भए । त्यसक्रममा १०७ बल खेलेका उनले १६ चौका र ५ छक्का हाने ।

जितका लागि ३६५ रनको लक्ष्य पछ्याएको बंगलादेशको सुरुवात राम्रो भएन । ओपनर तान्जिद हसन १ रनमा आउट भए पनि अर्का ओपनर लिट्टन दाशले ७६ रन बनाए । दाश पाँचौं विकेटका रुपमा आउट हुँदा बंगलादेशको स्कोर १२१ रन थियो ।

उनी आउट भएपछि मुस्फिकर रहिम र तोहिद हृदोयले बंगलादेशको पारी सम्हाल्ने प्रयास गरेका थिए । रहिम ५१ र हृदोय ३९ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?