+
+

कोशी सरकारबारे निर्णय गर्न राप्रपाको पदाधिकारी बैठक शुक्रबार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १४:४३

२४ असोज, काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।

प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार, शुक्रबार बिहान ८ बजे बोलाइएको बैठकले कोशी सरकारबारे समेत निर्णय लिनेछ । ‘त्यसैदिनको पदाधिकारी बैठकले कोशी सरकार गठनबारे के गर्ने भन्ने निर्णय लिन्छौ’, श्रेष्ठले भने ।

कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ । संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा अर्को उपधारा बमोजिम सरकार गठन गर्ने गृहकार्य गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?