+
+

एसियन्स गेम्सका पदक विजेतासँग प्रधानमन्त्रीको भेट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १९:१५

२४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियन्स गेम्समा पदक जितेका नेपाली खेलाडीहरुसँग भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा करोतमा रजत पदक जितेकी एरिका गुरुङ र काश्य पदक जितेका महिला कबड्डी टिमका सदस्यहरु उपस्थित थिए ।

भेटमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायत पनि उपस्थित थिए ।

प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई बधाइ दिँदै आगामी बजेटमा खेल क्षेत्रलाई विशेष बजेट व्यवस्था गर्ने बताए ।

साथै उनले खेलाडीहरुको प्रोत्साहनका लागि दिने भनेको पुरस्कार रकमबारे समेत बुधबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी दिए ।

तस्वीरहरू : प्रधानमन्त्रीको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?