+
+

गुल्मी महोत्सवमा स्थानीय व्यापारीलाई २५ प्रतिशतमा स्टल दिइने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १९:४३

२४ असोज, गुल्मी । गुल्मीमा आउदो कात्तिक १५ गतेदेखि २५ गतेसम्म चल्ने गुल्मी महोत्सवमा स्थानीय व्यापारीलाई २५ प्रतिशतमा स्टल दिइने भएको छ ।

महोत्सव अबधी भर विभिन्न व्यवसायका स्टल राख्न चाहनेहरुले बुकिङका लागि महोत्सव सचिवालमा सम्पर्क राख्न सकिने गुल्मी उद्योग संघका बरिष्ठ उपाध्यक्ष जनक पन्थले बताए ।

महोत्सवमा अटोमोबाईल्सका लागि ५० हजार , बैंक तथा वित्तिय संस्थाका लागि ३० हजार, होटल तथा रेष्टुरेण्टका लागि ४० हजार र जनरल व्यापारिक स्टलका लागि २२ हजार ५ सय शुल्क आयोजकले तोकेको छ । यी शुल्कमा स्थानीय व्यापारीहरुले २५ प्रतिशत छुटमा स्टल पाउने पन्थले बताए ।

हाल स्टक बुकिङको काम भइरहेकाले सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ मेलामा २ सय ५० वटा स्टल रहने भएका छन् । महोत्सव हुने मिति नजिएसँगै मुल आयोजक समितिले तयारीलाई तिब्र पारेको महोत्सव मुल आयोजक समिति संयोजक नवराज भुसालले बताए ।

गुल्मी उद्योग संघको आयोजनामा जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ तम्घासमा गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेकोे हो । ‘उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड् रेसुङ्गा’ भन्ने मूल नाराका साथ संचालन गर्न लागिएको हो ।

११ दिनसम्म चल्ने गुल्मीको ऐतिहासिक प्रथम महोत्सवमा एक लाख दर्शक भित्र्याउने अपेक्षा आयोजकले गरेको छ । महोत्सवमा कृषि र पशुपालनलाई प्राथमिकता, पर्यटन प्रवद्र्धनका जोड, राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति प्रदर्शन, तम्घासस्थान मन्दिरलाई चिनाउने, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, गुल्मीको आर्थिक अवस्थालाई चलायमान गराउने र स्थानीय स्तरका सबै प्रकारका पहिचानलाई चिनाउने गरि महोत्सव संचालन गर्ने गुल्मी उद्योग संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?