+
+

विश्वकपमा रोहित शर्माको कीर्तिमानी शतक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते २०:३३

काठमाडौं । भारतका रोहित शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाएका छन् । बुधबार अफगानिस्तानविरुद्ध शतक बनाएसँगै उनले यो रेकर्ड बनाएका हुन् । उनले ६३ बलमा १०० रन पुरा गरेका हुन् ।

यो एकदिवसीय क्रिकेटमा ३१औं र विश्वकप क्रिकेटमा सातौं शतक हो । यससँगै उनले विश्वकपमा सचिन तेन्दुलकरको रेकर्डलाई तोडे । भारतका सचिनले विश्वकपमा ६ शतक बनाएका थिए ।

रोहितले थप दुई रेकर्ड बनाएका छन् । उनले एकदिवसीय विश्वकपमा सबभन्दा कम (१९) पारीमा हजार रन बनाउने रेकर्डलाई पनि भेट्टाएका छन् ।

भारतविरुद्धको खेलमा अष्ट्रेलियाका डेभिड वार्नरले १९ पारीमै हजार रनको रेकर्ड बनाएका थिए ।

रोहित एकदिवसीय क्रिकेटमा सबभन्दा धेरै छक्का हान्ने ब्याट्सम्यान समेत बनेका छन् । उनले क्रिस गेलको ५५३ छक्काको रेकर्डलाई उछिनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?