
२४ असोज, काठमाडौं । टाइम्स इन्टरनेशनल कलेजले नेशनल बास्केटबल लिग नेपाल (एनबीएल) मा अपराजित यात्रा कायम राख्दा त्रिभुवन आर्मी क्लबले कीर्तिपुर बास्केटबल क्लबमाथि रोमाञ्चक जित हात पारेको छ ।
लिग अन्तर्गत बुधबार राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको पहिलो खेलमा टाइम्सले विशाल मिलन केन्द्रलाई ११२-७६ हरायो ।
पहिलो क्वाटरमा विशाल मिलन केन्द्रले २२-१७ को अग्रता बनाएको थियो । तर दोस्रो क्वाटर २३-१८ ले आफ्नो पक्षमा पार्दै टाइम्सले हाफ टाइममा ४०-४० को बराबरी बनायो । त्यसपछि टाइम्सले आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्दै तेस्रो क्वाटर ३०-१७ ले आफ्नो पक्षमा पार्दै ७०-५७ को अग्रता लियो ।
चौथो क्वाटरमा टाइम्सले ४२-१९ को अग्रता बनाउँदा फराकिलो जित हात पारेको हो । खेलमा २७ अंक स्कोर गरेका टाइम्सका सुरज खड्गी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
लगातार ६ खेल जितेको टाइम्स १२ अंकसहित शीर्ष स्थानमा छ र उपाधि होडमा बलियव देखिएको छ ।
यस्तै बुधबारै भएको दोस्रो खेलमा खेलमा आर्मीले कीर्तिपुरलाई ११५-११३ ले हरायो । निकै रोमाञ्चक खेलमा आर्मीले र कीर्तिपुर दुवैले अग्रता लिएको थियो तर अन्तिममा आर्मीले बाजी मार्यो ।
पहिलो क्वाटररमा बर्मीले २९-२३ को अग्रता लिएको थियो । तर कीर्तिपुरले दोस्रो क्वाटर ३५-२१ ले आफ्नो पक्षमा पार्दा हाफ टाइममा ५८-५० को अग्रता बनायो । तेस्रो क्वाटरमा आर्मी खेलमा फर्कियो र ३४-२७ ले आफ्नो पक्षमा पार्यो तर कीर्तिपुरले ८५-८४ को झिनो अग्रता लिएको थियो ।
चौथो तथा अन्तिम क्वाटरमा आर्मीले ३१ अंक जोड्दा कीर्तिपुरले २८ अंक मात्र जोड्न सक्यो र आर्मीले २ अंकको अन्तरले मात्र खेल जित्यो । खेलमा २७ अंक स्कोर गरेका आर्मीका विनोद महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
पाँचौ जितपछि ६ खेलबाट ११ अंक जोडेर आर्मी दोस्रो स्थानमा छ र उपाधि होडमा टाइम्सलाई पछ्याइरहेको छ । ३ जित र ३ हारबाट कीर्तिपुर ९ अंकसहित तेस्रो स्थानमा छ ।
८ टोली सहभागि लिग सिंगल राउण्ड रोविनका आधारमा सञ्चालन भइरहेको छ र लिग चरणपछि धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।
प्रतिक्रिया 4