+
+

विश्वकप छनोटमा अवे गोल ‘काउन्ट’ नहुने, स्पष्ट जित चाहिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १४:११

२६ असोज, काठमाडौं ।फिफा विश्वकप २०२६ को छनोट चरणमा अवे गोल गणना नहुने भएको छ ।

होम एण्ड अवे प्रणालीका आधारमा हुने प्रारम्भिक चरणको छनोट खेलमा अवे गोल गणना नुहने भएपछि नेपालले लाओस विरुद्धको दोस्रो लेगको खेलमा स्पष्ट जित निकाल्नुपर्ने छ ।

विश्वकप छनोटको प्रारम्भिक चरणको खेलमा नेपालले बिहीबार लाओससँग १-१ को बराबरी खेलेको थियो ।

अब दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ । उक्त खेल बराबरीमा सकिए पनि कुनै टोलीलाई अवे गोलको फाइदा हुने छैन ।

यसअघि दुई लेगको खेलमा नतिजा बराबरी भए अवे गोलको आधारमा विजेता छुट्याइने प्रावधान थियो ।

तर यस पटक भने फिफाले छनोट खेलको नियमावलीमा परिवर्तन गर्दै अवे गोलको मान्यता नहुने र स्प्षट जित नै आवश्यक पर्ने जनाएको छ ।

अब नेपाल र लाओसबीचको दोस्रो खेलमा जति गोलको बराबरी भए पनि त्यो अन्तिम नतिजा हुने छैन ।

अब दुवै लेगको खेलपछि नतिजा बराबरी भएमा ३० मिनेटको अतिरिक्त समय खेलाइनेछ र त्यसमा पनि नतिजा बराबरी भए पेनाल्टीसुटआउटबाट निर्णय निकालिनेछ ।

‘यदी दुवै लेगको खेल सकिएपछि एउटा टोलीले अर्को टोलीभन्दा बढी गोल नगरेमा दोस्रो लेगपछि १५-१५ मिनेटको दुई हापको अतिरिक्त समय खेलाइनेछ । यदी त्यसमा पनि एउटा टोलीले विपक्षी भन्दा बढी गोल नगरेमा विजेता छिनोफानो गर्न पेनाल्टी सुटआउट हुनेछ’, प्रतियोगिता नियमावली च्याप्टर ३ को ११ को ९ नम्बर बुँदामा भनिएको छ ।

यसको अर्थ दशरथ रंगशालमा नेपाल विरुद्ध गोल गरेको लाओसलाई अब त्यो अवे गोलको कुनै फाइदा हुनेछैन । नेपालले पनि लाओसमा गोलरहित बराबरी खेलेमा कुनै घाटा लाग्ने छैन ।

नेपाल र लाओसबीच दोस्रो लेगमा स्प्षट अन्तरको जित हात पार्ने टोली एसियन क्षेत्रको छजोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । यदी दोस्रो लेग बराबरी भएमा भने अतिरिक्त समय हुँदै खेल पेनाल्टीसुटआउसम्म पुग्न सक्छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?