+
+

विश्वकप क्रिकेट : पाकिस्तानले भारतलाई दियो १९२ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते १८:११

२७ असोज, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ । भारतको अहमदावादमा भएको खेलमा ४२.५ ओभरमा अलआउट हुँदै पाकिस्तानले जम्मा १९१ रन बनाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले अर्धशतक पूरा गरे भने मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह साफिकले २० र हसन अलीले १२ रन बनाउनुबाहेक अन्य ब्या६रले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ भारतका जसप्रित बुमरामह, मोहम्मद सिराज, हार्दिक पाण्डे, कुलदीप यादव र रवीन्द्र जडेजाले समान २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?