+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिप्रदीयन सहायताको सहकार्यमा काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १९:५९

काठमाडौं । सिप्रदी ट्रेडिङ र सिप्रदीयन सहायता संस्थाद्वारा महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ।

दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरुको सङ्ख्य उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ-बसपार्क, स्वयम्भु, चाबहिल, तिलगङ्‍गा, बाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा,  नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएकोले यात्रुहरुलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरु र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ।

उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महँगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागु हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ ।

यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धि सु-सुचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?