+
+

गुल्मीमा १६ प्रहरी कर्मचारी पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १४:५४

३० असोज, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्ने १६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ ।

नेपाल प्रहरीको ६८ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारी पुरस्कृत भएका हुन् ।

पुरस्कृत हुनेहरुमा प्रहरी निरीक्षक किरण सापकोटा, प्रहरी नायब निरीक्षक नवराज भट्टराई, प्रहरी सहायक निरीक्षकहरु भविश्वर बिक, कृष्णबहादुर थापा, रामविलास यादव, खुमा थापा रहेका छन् ।

त्यस्तै प्रहरी वरिष्ठ हवल्दार यमबहादुर थापा, प्रहरी हवल्दारहरु केशव दमाई, सुभाषकुमार नेपाली, हिमबहादुर सुनार, प्रहरी सहायक हवल्दार जैप्रकाश थारु देवबहादुर पुन, भेगबहादुर जीएम, प्रहरी जवान मीनबहादुर रास्कोटी र कार्यालय सहयोगी हेमराज विष्ट पुरस्कृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?