+
+

कोशी सरकारमा एमालेले माग्यो ५ मन्त्रालय

हरि अधिकारी हरि अधिकारी
२०८० असोज ३० गते १८:३८
एमाले कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी ।

३० असोज, विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारमा ५ वटा मन्त्रालय माग गरेको छ । नेपाली कांग्रेसका नेता केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ९ सदस्यीय मन्त्रिपरिषदमा ५ वटा मन्त्रालय माग गरेको हो ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफ्नो पार्टीले पाँच वटा मन्त्रालयमा दाबी गरेको बताए । यद्यपि मुख्यमन्त्री कार्कीसँग मन्त्रालय बाँडफाडका लागि छलफल हुन नपाएको उनले बताए । ‘आज छलफल गर्ने कुरो थियो, मुख्यमन्त्रीले भ्याउनुभएन’, उनले भने, ‘भोलि छलफल गर्छाैं ।’

बुधबार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिएपछि मुख्यमन्त्री कार्कीसँग छलफल हुने एमाले नेता भण्डारीले बताए ।

मुख्यमन्त्री कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आइतबार शपथ ग्रहणपछि आफ्नो दलका शमशेर राई र एमालेका राम रानालाई मन्त्री बनाएका छन् ।

माओवादी सरकारमा नजाने

नेकपा माओवादी केन्द्रले भने मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने तर सरकारमा नजाने बताएको छ ।

माओवादीका कोही प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा जाने विषयमा अहिले नै केही नसोचेको बताए । ‘प्रदेशको स्थायित्व र केन्द्रीय गठबन्धनको मर्म र स्पिरिट अनुसार विश्वासको मत दिन्छौं’, उनले भने, ‘सरकारमा सहभागिताको विषयमा अहिले कुनै सोच बनाएको छैन ।’

नेकपा एकीकृत समाजवादी पार्टीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने भएको छ । सोमबार बसेको दलको अनौपचारिक बैठकले विश्वासको मत दिने सहमति गरेको एक नेताले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?