+
+

जनकपुरमा झिझिया महोत्सव हुने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते ९:४६

१ कात्तिक, जनकपुरधाम । जनकपुरमा लोकनृत्य झिझिया महोत्सव हुने भएको छ ।

नव मिथिला फाउन्डेसनको आयोजनामा आगामी शुक्रबार झिझिया महोत्सव हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई पछ्याउँदै झिझिया आयोजना गर्न लागेको फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले बताए ।

उनका अनुसार पहिलोपटक पाँच सय जना टाउकोमा झिझिया घैंटा राखेर नाच्ने छन् । जसमा केही झिझिया टीम र जनकपुरका कलेजका छात्राहरु एकै लयमा झिझिया नाच्ने उनले बताए ।

जनकपुरस्थित रेल्वे स्टेशनको प्राङग्रणमा हुने महोत्सवमा सुरुमा वक्ताहरूले लोप हुँदै गइरहेको झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चापरिचर्चा गर्ने फाउन्डेसनका अध्यक्ष साहले बताए । उनका अनुसार कार्यक्रममा स्थानीय लोक गायकहरू सहभागी हुनेछन् ।

समयक्रमअनुसार विस्तारै लोप हुँदै गइरहेको यी संस्कृति र संस्कारको जगेर्ना गर्नु कर्तव्यसँगै दायित्व पनि बनेकाले आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

फाउन्डेसनले  विगत पाँच वर्षदेखि जनकपुर साहित्य महोत्सव आयोजना गर्दै आएको छ । यस वर्षदेखि ‘जनकपुर झिझिया महोत्सव’आयोजन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?