+

न्यूजिल्याण्डलाई एकै खेलमा ६ पटक जीवनदान

२०८० कात्तिक  १ गते २१:४४ २०८० कात्तिक १ गते २१:४४
न्यूजिल्याण्डलाई एकै खेलमा ६ पटक जीवनदान

१ कात्तिक, काठमाडौं । निकै खराब फिल्डिङसँगै अफगानिस्तानले विश्वकप क्रिकेटमा न्यजिल्याण्डसँग १४९ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

न्यूजिल्याण्डले दिएको २८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा १३९ रन जोड्दा अलआउट भयो । उसका लागि सहमत शाहले सर्वाधिक ३४ रन बनाए । उसलाई सस्तैमा समेट्ने क्रममा मिचेल सेन्टनर र लक्की फर्गुसनले ३/३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यसअघि भारतको चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर २८८ रन बनाएको थियो ।

खेलका क्रममा अफगानिस्तानले तीन क्याच ड्रप र तीन रन आउटको अवसर खेल फालेको थियो । दोस्रो आभरको चौथो बलमा विल योङलाई स्लिपमा रहेका सहमत साहले ड्रप गरे, जतिबेला उनी मात्र एक रनमा थिए । जीवनदानको सदुपयोग गर्दै उनले ५४ रन बनाए ।

नवौं ओभरको अन्तिम बलमा रचिन रवीन्द्रले जीवदान पाए, जतिबेला उनी शुन्य रनमा खेलिरहेका थिए । २०औं ओभरको पहिलो बलमा उनी रन आउट हुनबाट जोगिए, जतिबेला उनी २९ रनमा खेलिरहेका थिए । थप ३ रन जोडेपछि उनी पभेलियन फर्किए ।

४१औं ओभरको अन्तिम बलमा अफगानिस्तानले टोम लिथमको क्याच ड्रप गर्‍यो, जतिबेला उनी ३६ रनमा खेलिरहेका थिए । ४२.२ मा फेरि जीवन दान पाएका उनले ६८ रन बनाए । ४६औं ओभरको तेस्रो बलमा ग्लेन फिलिस्सको विकेट लिने अवसर गुम्यो । थप दुई ओभर खेलेका उनले ७१ रन बनाए ।

अफगानिस्तान न्यूजिल्याण्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय