+
+

‘नेपोलियन’ ट्रेलर : आफैंलाई सम्राट घोषित गरेका नेपोलियनको उदयको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १४:५२

काठमाडौं । ओस्कार अवार्ड विजेता अभिनेता जोकिन फिनिक्स अभिनित प्रतीक्षित फिल्म ‘नेपोलियन’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ४८ वर्षीय फिनिक्सले यसमा फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टको भूमिका निर्वाह गरेका छन् ।

हलिउडमा लार्जर देन लाइफ शैलीका फिल्म बनाउन चर्चित रिडले स्कट निर्देशित फिल्मले शक्ति प्राप्तिका लागि बोनापार्टले गरेको अथक संघर्ष, प्रेमिका जोसेफिनसँग उसको हिंसात्मक प्रेम र दूरदर्शी राजनीतिक तथा सैन्य रणनीतिलाई चित्रण गर्छ । ट्रेलरमा गतिशील युद्धका दृश्यलाई कैद गरिएको छ ।

पिपुल म्यागजिनका अनुसार निर्देशक रिडले स्कटको यो फिल्मको पहिलो ट्रेलर जहाँ टुंगिएको थियो, त्यहाँबाट नयाँ ट्रेलर थालेका छन् । अर्थात्, पहिलो ट्रेलरले बोनापार्टले बरफको मैदानमा शत्रु सेनाविरुद्ध जाल सुरु गरेको दर्शाउँछ । बाँकी ट्रेलर सन् १९७० को ब्ल्याक सब्बाथको गीत ‘वार पिग्स’को पृष्ठभूमिमा तय गरिएको छ । योसँगै १९७० को दशकमा फ्रान्समा उनको शक्तिको उदय र पत्नी जोसेफिन (भेनेस किर्बी)सँग उनको सम्बन्धलाई देखाइएको छ ।

फ्रान्सेली क्रान्तिपछि नेपोलियनले राष्ट्रको शक्ति कब्जा गरे र आफूलाई सम्राट घोषित गरे । एक दशक लामो शासनको सुरुवात तत्कालीन ग्रेट ब्रिटेनसहितका प्रमुख युरोपेली शक्तिसँग कूटनीतिक र सैन्य टकरावसँगै सुरु भएको थियो ।

‘नेपोलियन’ नोभेम्बर २२ मा हलमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?