+
+

नबिल बैंकको सन्देशमूलक दशैं भिडियो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १७:३९

काठमाडौं । नबिल बैंक लिमिटेडले सन्देशमूलक दशैं भिडियो सार्वजनिक गरेको छ ।

छात्रावृत्तिमार्फत अध्ययनका लागि विदेश जाने नेपाली युवाहरुलाई स्वदेश फर्कन अभिप्रेरित गर्ने उदेश्यले सन्देशमूलक भिडियो सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

अध्ययनका लागि विदेश गएका आफ्ना सन्तान स्वदेश फर्कँदैनन् कि भन्ने अभिभावकमा देखिन थालेको पीडा एवम् चिन्तालाई समेटेर भिडियो निर्माण गरिएको बैंकले जनाएको छ ।

विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र समाजिक भावना दर्शाउन भिडियो सामग्री सार्वजनिक गरिएको बैंकको भनाइ छ ।

छात्रावृत्तिमार्फत अध्ययनका लागि विदेश जानुको अर्थ विदेश नै पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई भिडियोले दिन खोजिएको बैंकले जनाएको छ ।

उच्च शिक्षा पश्चात् आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुवाको आशालाई भिडियोमा दर्शाउन खोजिएको छ ।

भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशंका र सन्तानले बुझेको बुवाआमाको भावना पनि देखाउन खोजिएको बैंकको भनाइ छ ।

शैक्षिक कर्जा, युवा उद्यमी कर्जा लगायतका कार्यक्रमका साथमा बैंकले नबिल सामाजिक उद्यमशीलता अन्तर्गत नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?