+
+

काठमाडौंमा दशैंको रमझम (फोटाहरु)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० कात्तिक ७ गते १५:०६

७ कात्तिक, काठमाडौं । नेपालीहरु महान चाड विजया दशमीको उल्लासमा रमाइरहेका छन् ।

कोही टीका ग्रहणपछि घरमै खानपिन गरेर रमाइरहेका छन् भने कोही अहिले पनि आफन्तजनकोमा टीका थाप्ने र आशिर्वाद ग्रहण गर्न जाने क्रम जारी छ । उनीहरु आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा चहलपहल पनि बढ्दै गएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटमा टीका थाप्ने उत्तम साइत तोकिदिएको थियो । यद्यपि आज दिनभरी नै टीका थाप्न सकिने समितिका सदस्य देवमणि भट्टराई बताउँछन् ।

आफ्नो परम्परा र सँस्कृतिअनुसार नेपालीहरुले दशैंमा रातो र सेतो टीका लगाउने गरेका छन् । कसैले आज टीकाको मुख्य दिन मात्र र कसैले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने गर्दछन् ।

दशैंमा गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको प्रसादको रुपमा टीका, जमरा (जौको अंकुरण) लाई समृद्धिको प्रतीकको रुपमा लगाउने चलन छ । टीका र जमरा लगाइदिएर यश, ऐश्वर्य वृद्धि एवं दीर्घायुको आशिर्वाद दिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?