+
+

पाल्पाका बोटे समुदायलाई गर्जो टार्नै मुस्किल

कमल अधिकारी कमल अधिकारी
२०८० कात्तिक ७ गते १६:१०

७ कात्तिक, पाल्पा । बडादशैंमा हुनेखानेका घरमा उल्लास छ तर हुँदा खानेलाई त्यो अवसर कहाँ मिल्छ र ? पाल्पाका बोटे, माझी समुदायमा सधैंजस्तै यसपालिको दशैं पनि खल्लो छ ।

पाल्पाको कालीगण्डकी नदीको किनारमा बसोबास गर्दै आएका यी समुदायलाई दशैं मनाउने भन्दा पनि दैनिक गर्जो कसरी टार्ने भन्ने चिन्ता बढी छ ।

बगनासकाली ६ दर्पुककी अन्जिता बोटे परिवारसँग खुसी साट्ने र रमाइलो गर्ने यो पर्वमा घरमा आउने पाहुना र आफ्नै परिवारका सदस्यको खर्च धान्न मुस्किल हुने गरेको बताउँछिन् । ‘दशैं पर्वले कुनै रौनक ल्याएको छैन,’ उनले भनिन् ।

यो समुदायका मानिसहरु दिनभरी मेहनत गरेको कमाइबाट बेलुकाको खर्चको जोहो गर्ने प्रचलन रहेका कारण अन्य दिन जस्तै सामान्य तरिकाबाट पर्व मनाउने सोचमा रहेको बगनासकाली ६ सन्तबीर बोटेले बताए ।

पाल्पाको बगनसकालीको दर्पुक, मचेटा, दैलातुङ्ग, तानसेनको छेर्लुङ्ग, रम्भाको अर्सेदी, लगायतका स्थानमा बोटे माझीको समुदायको बसोबास छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पाल्पाका ५७८ बोटे तथा ३४५ माझी समुदायको जनसंख्या छ । यीमध्ये ५० प्रतिशतभन्दा बढीलाई अहिले पर्व मनाउनका लागि हम्मेहम्मे रहेको उनीहरु बताउँछन् ।

यी समुदायका मानिसहरु नदी किनारमा माछा मारेर परिवारको गर्जो टार्ने गर्दछन् । तर, पछिल्लो समय माछा मारेर गुजारा नचल्ने र अन्य सीप कम भएकाहरुले ज्याला मजदुरी गरेर दैनिक छाक टार्ने गर्दै आएका छन् । कतिपय घर खर्च चलाउन काम खोज्दै भारतका विभिन्न स्थानमा जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?