१२ कात्तिक, पाल्पा । पाल्पामा विद्युतीय गाडी (ईभी) दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पिपलभञ्ज्याङमा ईभी दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर तीन जना गम्भीर घाइते भएका छन् । अहिले प्रहरी उद्धारका लागि त्यसतर्फ गइरहेको छ ।
गाडी सडकबाट ५ सय मिटरभन्दा तल खसेको स्थानीयले बताएका छन् ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय पाल्पासहित मुझुङ र हाथोर्क प्रहरी घटनास्थल पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4