
काठमाडौं । पाल्पा जिल्लामा पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले असोज १८ गतेदेखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।
वर्षासँगैको बाढीपहिरोबाट जोखिम बढेको भन्दै तीन दिन सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरले जानकारी दिइन् ।
उनका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका–३ सिद्धबाबा सडकखण्ड, बिसमाइल फुलस्थित सडकखण्ड, तिनाउँ गाउँपालिका–५ चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा–गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरो जानसक्ने जोखिम बढेकाले असोज १८, १९ र २० गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सवारी साधन चलाउन रोक लगाउने निर्णय भएको छ ।
साथै असोज १८ गतेदेखि २० गतेसम्म लामो तथा छोटो दुरीका सवारी साधन नचलाउन यातायात व्यवसायीहरुलाई अनुरोध गर्ने र उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।
प्रतिक्रिया 4