+
+

किन चर्चामा छ ‘कफी विथ करण’को दीपिका-रणवीरको एपिसोड ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १८:०४

काठमाडौं । ‘कफी विथ करण’को आठौं सिजन बिहीबार दीपिका पादुकोण र रणवीर सिंहको जोडीबाट सुरु भएको छ । मसालेदार प्रश्न र उत्तरका लागि परिचित यस शोको क्रममा दीपिका र सिंहले आफ्नो ११ वर्षको प्रेमकथा र विवाहसँग सम्बन्धित धेरै नसुनेका कथालाई सेयर गरे ।

दुवैलाई लिएर यसअघि नसुनिएका कथा यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । दीपिका र रणवीर पहिलो पटक सँगै शोको हिस्सा बनेका हुन् ।

कसरी सुरु भयो प्रेम ?

धेरै बलिउड स्टारजस्तै यी दुईको प्रेम पनि फिल्म छायांकनकै क्रममा सुरु भएको थियो । सञ्जय लीला भन्सालीको फिल्म ‘गोलियों की रासलीला रामलीला’बाट यी दुईको केमेस्ट्री सुरु भएको थियो ।

कुरा सन् २०१२ को हो, जतिबेला करिना कपुरले यो फिल्म गर्न लागेकी थिइन् । रणवीरले छायांकनको एक साताअघि करिना कपुरले केही कारणले फिल्म छोडेको बताए ।

उनले भने, ‘त्यसपछि हामीले त्यो भूमिकामा कसलाई कास्ट गर्नेबारे सोचिरहेका थियौं । त्यसपछि फिल्म ‘ककटेल’ आयो । त्यो फिल्म हेरेपछि म दीपिकालाई कास्ट गर्नुपर्छ भन्ने पक्षमा थिएँ । दीपिकाले त्यो भूमिका पाइन् ।’

रणवीरले भने, ‘त्यसपछि हामी फिल्मको स्क्रिप्ट पढ्न भन्सालीको घर गयौं । दीपिका त्यहाँ सेतो कुर्तामा आइन् । उनी हावाको झोक्काजस्तै मेरो जीवनमा आइन् ।’ रणवीरले यसपछि सबैले सँगै डिनर गरेको र त्यही क्रममा दाँतमा केही अड्किएको देखेपछि दीपिकालाई जानकारी दिए ।

रणवीरले भने, ‘उनी मेरो छेउमा बसिरहेकी थिइन् । जब मैले उनको दाँततर्फ औंल्याएँ र यसलाई निकाल भनें । उनले तपाईंले आफैं हटाइदिनुस् भनिन् । मैले आफ्नो हातले त्यसलाई हटाएँ तर मैले त्यसपछि पाएको बिजुलीको झट्का अझै याद छ ।’

त्यहींबाट दुईबीच सुन्दर मित्रता सुरु भयो । फिल्मको छायांकनका क्रममा दुवैले धेरै समय सँगै बिताए र नजिक भए जुन प्रेममा परिणत भयो ।

रणवीरबारे दीपिकाले के भनिन् ?

प्रायः चलचित्रको छायांकन सकिएलगत्तै प्रेम सम्बन्ध टुंगिन्छ । दीपिका पादुकोणले पनि यो सम्बन्धलाई लिएर आफू गम्भीर नभएको बताएकी छन् । दीपिकाले आफू त्यतिबेला अविवाहित रहेको र रणवीर पनि एउटा सम्बन्धबाट बाहिर आएको बताइन् ।

दीपिकाले भनिन्, ‘त्यसपछि रणवीर मेरो जीवनमा आए तर सुरुमा उनीप्रति मेरो प्रतिबद्धता थिएन । त्यतिबेला हामी प्राविधिक रूपमा अरू कसैसँग डेटमा जान सक्थ्यौं तर हामी सधैं एकअर्कासँग फर्किएर आउँथ्यौं ।’

दीपिकाले भनिन्, ‘मैले त्यतिबेला केही मानिसलाई भेटेकी थिएँ तर मलाई न त उनीहरूप्रति चासो थियो न त म उनीहरूप्रति उत्साहित थिएँ । वास्तवमा मानसिक रूपमा म रणवीरप्रति प्रतिबद्ध थिएँ ।’ सन् २०१२ मा बनेको यो जोडी ११ वर्षदेखि सँगै छ ।

इन्गेजमेन्टलाई लिएर दीपिकाको परिवार निराश थियो

रणवीरका अनुसार दीपिकालाई उनले सन् २०१५ मा प्रपोज गरेका थिए । त्यसपछि दुवैले चुपचाप इन्गेजमेन्ट गरे र तीन वर्षसम्म सबैबाट लुकाएर राखे । रणवीरले माल्दिभ्समा समुद्रको बीचमा दीपिकालाई प्रपोज गरेको जुन दीपिकाले स्वीकार गरिन् । त्यसबेलासम्म रणवीरले दीपिकाको परिवारलाई भेटेका थिएनन् ।

पछि दीपिकाको परिवारलाई भेट्न रणवीर बेंगलुरु गए । पूरै परिवार जम्मा हुँदा दीपिकाले खाने टेबलमा रणवीरको प्रस्तावबारे बताइन् । दीपिकाको परिवार छक्क पर्‍यो । पछि रणवीरले दीपिकाकी आमाले इन्गेजमेन्टलाई लिएर चुपचाप आफ्नो असन्तुष्टि व्यक्त गरिरहेको सुने ।

परिवारलाई जानकारी नदिई इन्गेजमेन्ट गरेपछि दीपिकाको परिवार अलि रिसाएको थियो । सिन्धी परिवारका रणवीर सिंहलाई दीपिका पादुकोणको परिवारसँग घुलमिल हुन समय लाग्यो । अन्ततः १४ नोभेम्बर २०१८ मा दुवैले विवाह गरे । रणवीरले इन्गेजमेन्ट हुनुअघि नै दीपिकाको परिवारलाई भेट्नुपर्ने बताए ।

हाम्रो परिवार बोरिङ छ, रणवीरले भरे उत्साह’

शोमा उनीहरुको सम्बन्धको विवरण सुनाएपछि दीपिका र रणवीरको विवाहका केही सुनौलो पललाई दर्शकसँग सेयर गरिएको थियो । यसमा रणवीरको बारेमा प्रकाश पादुकोणको राय, रणवीर सिंहका पिताको टिप्पणी, दीपिकाको विवाहको बारेमा राय र विवाहका सुन्दर क्षण देखाइएको थियो ।

दीपिकाका पिता प्रकाश पादुकोणले आफ्नो परिवार निकै शान्त र बोरिङ भएको तथा रणवीरले आफ्नो जीवनमा राम्रो परिवर्तन ल्याएको बताए । उनी भन्छन्, ‘आफ्नो जीवन बलिदान दिएका छन् ।’

दीपिका पादुकोणले भनिन्, ‘म रणवीरलाई संसारले नचिनेको व्यक्तिको रूपमा मन पराउँछु । उनी शान्त, बुद्धिमान् र संवेदनशील पनि छन् । रणवीर भन्छन्, ‘यो विवाहले उनीहरुलाई पूर्णता दिएको छ ।’

रणवीर सिंहको पहिरन

रणवीर सिंहले आफ्नो फिल्ममा आफ्नो अभिनय क्षमता देखाएका छन् । तर उनको पहिरनका कारण दर्शकमाझ उनको छवि निकै फरक छ । कतिपय दर्शकले उनको पहिरनलाई युथ आइकन ठान्छन् भने कतिपयले उनलाई अनौठो भन्दै खिल्ली उडाउँछन् ।

रणवीर हिन्दी सिनेमाका नायकको तुलनामा धेरै फरक पहिरनमा देखिएका छन् । उनी सामाजिक सञ्जालमा ट्रोल पनि भएका छन् । करण जोहरले पहिरनमा ट्रोल भएको उल्लेख गर्दै रणवीरलाई उनको बदलिएको लुक्सबारे सोधे ।

यसबारे रणवीरले आफू सबैको राय लिने तर आफ्नो मनअनुसार काम गर्ने स्पष्ट पारे । तर दीपिकाको एक टिप्पणीले उनलाई सोच्न बाध्य बनायो किनभने मानिसले उनको काम भन्दा उनको कपडाको चर्चा गर्न थाले ।

दीपिकाले उनलाई सोधिन्, ‘तिमी किन रंगीन कपडा लगाएर मानिसको ध्यान विचलित गर्छौ ? यसबारे सञ्जय लीला भन्सालीले पनि चर्चा गरे र त्यसपछि रणवीरले आफ्नो लुक परिवर्तन गरे ।

अवसादसँगको लडाइँ

सन् २०१४ मा दीपिका पादुकोणले आफ्नो डिप्रेसनको कुरा गर्दै संसारसामु आफू मानसिक रोगको सिकार भएको र यसविरुद्ध लड्न मनोचिकित्सकको मद्दत लिइरहेको बताइन् । दीपिकाले यस विषयमा चर्चा गर्नु जरुरी ठान्छन् । उनलाई लाग्छ, प्रायः मानिसले आफू डिप्रेसनको सिकार भएको बुझ्दैनन् ।

दीपिकाले भनिन्, ‘म करिब आठ-नौ महिनादेखि एक्लै डिप्रेसनसँग संघर्ष गरिरहेकी थिएँ । एकपटक रणवीरसँग ब्रेकफास्ट गर्दागर्दै म एक्कासी रुन थालें ।’

त्यसपछि रणवीरले दीपिकाको परिवारलाई मुम्बई बोलाए । त्यसपछि उनी ठीक भइन् तर परिवार फर्किने बित्तिकै दीपिकाको अभिव्यक्ति परिवर्तन हुन थाल्यो जुन उनकी आमाले बुझिन् । त्यसपछि उनले उनलाई मनोचिकित्सककहाँ लगे । १० वर्षदेखि दीपिका यसबारे खुलेर कुरा गरिरहेकी छन् र डिप्रेसनसँग लड्न औषधि सेवन गरिरहेकी छन् । उनी डिप्रेसनका बिरामीलाई मद्दत प्राप्त गर्न चाहन्छिन् ।

रणवीरले मनोरोगी र उनीहरूसँग कसरी व्यवहार गर्ने भनेर बुझेको पनि दीपिकाले बताइन् । दीपिकाले रणवीरको तारिफ गर्दै लाइफ पार्टनरका रूपमा उनले यस्तो वातावरण बनाएको बताएकी छिन्, जसमा आफू सुरक्षित महसुस गर्छिन् ।

र्‍यापिड फायर

गम्भीर छलफलपछि शोको माहौल सहज र्‍यापिड फायरले बनाइएको थियो, जसमा रणवीर सिंहले दर्शकलाई ‘डन ३’ को लागि मौका मागेका थिए । रणवीर चाँडै फरहान अख्तरको यो फिल्ममा देखिंदैछन् । पहिलो लुकपछि उनलाई धेरै ट्रोल गरिएको थियो ।

जब रणवीरलाई कुन पुरुष अभिनेतासँग ‘लभ ट्रयांगल’ फिल्म खेल्न मन लाग्दैन भनेर सोधियो । यसबारेमा रणवीर कपुर (जो दीपिका पादुकोणका प्रेमी थिए) भने । यो प्रश्नमा रणवीरले करण जोहरलाई तपाईं हामी तीनै जनालाई लिएर फिल्म ‘संगम’ बनाउन लाग्नुभएको छ ? भनेर सोधेका थिए ।

करण जोहरले भने, ‘म बनाउँछु । म अझै संगम बनाउन सक्छु । राज कपुरको ‘संगम’ त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म थियो ।

यस क्रममा जब रणवीरलाई दीपिकाको अन–स्क्रिन जोडी को मन पर्छ भनेर सोधियो, उनले शाहरुख खानको नाम लिए । यो प्रश्नमा दीपिकाले शाहरुख खानसँगै रणवीर कपुर, इरफान, ऋतिकको पनि नाम लिएकी थिइन् ।

बीबीसीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?