+
+

खुल्ला स्थानमा आगो बाल्दा जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १६:३५

१३ कात्तिक,काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला स्थानमा आगो बाल्ने २ जनालाई जरिवाना तिराएको छ । महानगरप्रहरीले वडा नम्बर १४ स्थित बल्खु ग्रीन भ्याली साकोस र नविनकुमार शाहलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

महानगरपालिकाले सार्वजनिक तथा खुल्ला स्थानमा आगो बाल्नेलाई कारबाही गर्दै आएको छ ।

‘हाम्रो नगर प्रहरीको टोली निरन्तर अनुगमनमै हुन्छन् । आगो बाल्ने, जथाभावी फोहोर फाल्ने, खोलामा फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही गर्दै आएका छौं,’ नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?