+
+
Shares

रोहित शेट्टीको ‘सिंघम अगेन’मा रणवीर सिंह पनि

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १७:२८

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह रोहित सिट्टीको कप–युनिभर्स ‘सिंघम अगेन’मा देखिने भएका छन् । निर्माण कम्पनीले सोमबार पोस्टर सार्वजनिक गर्दै फिल्ममा रणवीरले सिम्बा पात्रको भूमिका निर्वाह गर्ने जनाएको छ ।

‘सिम्बा’को लुकमा ‘सिंघम ३’ को पोस्टर हेरेपछि फ्यान उत्साहित छन् । यो पोस्टरले दर्शकलाई मनोरञ्जन दिने देखिन्छ । पोस्टर सेयर गर्दै रणवीरले लेखेका छन्, ‘सबैभन्दा नटखट, सबैभन्दा अनौठो, आला रे आला, सिम्बा आला ।’ पोस्टर हेरेर फ्यानले कमेन्ट गरेका छन्, ‘हाम्रो सिम्बा कति राम्रो छ ।’ अर्का फ्यान लेख्छन्, ‘बाबा, आगो छ, आगो छ । अन्य भन्छन्, ‘फस्ट डे, फस्ट शो ।’

अजय देवगणले पनि पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो टोलीको सबैभन्दा नखखट अफिसर ।’ अजयको पोस्टमा फ्यानले कमेन्ट गर्दै सिम्बालाई हेर्न अधैर्य रहेको लेखेका छन् ।

रोहित शेट्टीले फिल्मको यो पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो सबै मनपर्ने सिम्बा आइपुगेको छ ।’ फिल्ममा अजयसहित दीपिका पादुकोण पनि देखिनेछिन् । रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’ सन् २०२४ को अगस्ट १५ मा रिलिज हुनेछ । बलिउडको यो शक्तिशाली फिल्म साउथ स्टार अल्लु अर्जुनको ‘पुष्पा २’ सँग भिड्दैछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?