१४ कात्तिक, काठमाडौं । सिद्धार्थ बैंकले मंसिर ५ गतेका लागि सााधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट वितरण हुने लाभांश तथा वित्तीय विवरण पारित गर्न बैंकले सार्वजनिक सूचनामार्फत साधारणसभा बोलाएको हो ।
बालुवाटारस्थित अम्रपाली बैंक्वेटमा हुने साधारणसभाले घोषित ४.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सो लाभांश पारित भएपछि मात्रै सेयर लगानीकर्ताले पाउने छन् ।
साधारणसभाका लागि कम्पनीले कात्तिक २१ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ । यसको अर्थ कम्पनीको लाभांश पाउनका लागि सोको अघिल्लो दिन अर्थात कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनी मात्रै हकदार हुने छन् ।
कात्तिक २० गतेसम्म सेयर कायम रहेका सेयरधनी साधारणसभामा सहभागी हुन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4