+
+

कलेजको छतबाट हाम फालेका विद्यार्थी गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १४:२५

१५ कात्तिक, काठमाडौं । वीरगन्ज पब्लिक कलेज (वीपीसी) मा अध्ययनरत एक जना विद्यार्थी कलेजको छतबाट हाम फाल्दा गम्भीर घाइते भएका छन् ।

कक्षा १२ मा अध्ययरत विद्यार्थीले बुधबार बिहान साढे ६ बजे हाम फालेको कलेजको सीसीटीभीमा कैद भएको कलेजले जनाएको छ ।

क्याम्पस प्रमुख हरि तुलाधरका अनुसार सीसीटीभीको भिडियोमा विद्यार्थीले क्याम्पस भवनको तेस्रो तलाबाट हाम फालेको देखिएको छ ।

स्थानीयबासिन्दाले क्याम्पस भवनको पछाडि रहेको खाली जग्गामा विद्यार्थी लडेको अवस्थामा रहेको भन्दै क्याम्पसलाई खबर गरेका थिए ।

हाल विद्यार्थीको वीरगन्जस्थित नेपाल मेडिसीटी बयोधा अस्पतालमा उपचार भइरहेको क्याम्पस प्रमुख तुलाधरले जानकारी दिए ।

क्याम्पस प्रमुख तथा परिवारलाई डाक्टरले विद्यार्थीको शरीरको धेरै ठाउँमा फ्र्याक्चर भए पनि खतरामुक्त रहेको जानकारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?