+
+

नेपाल र यूएईबीचको खेलका लागि ३५ सय टिकट मात्रै बिक्रीमा, अतिथिले पास नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १६:२१

१६ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकप क्रिकेट छनोटमा नेपाल र यूएईबीचको खेलका लागि ३५ सय टिकट मात्र बिक्रीमा राखेको छ ।

नेपाल र यूएईबीचको खेल भोलि शुक्रबार मुलपानी क्रिकेट मैदानमा हुँदैछ । मैदानमा दर्शकलाई बस्ने प्रयाप्त स्थान नभएकाले क्यानले ३५ सय टिकट मात्र बिक्रीमा राखेको हो ।

क्यानले एक सूचना निकालेर मैदान वरपर टिकट काट्नका लागि कुनै बुथ नराख्ने भन्दै ती टिकट आईएमईपे मार्फत अनलाइन काट्न आग्रह पनि गरेको छ ।

क्यानले आफ्ना अतिथिहरुका लागि मुलपानीको लागि कुनै पनि पास वितरण नगर्ने पनि स्पष्ट पारेको छ ।

क्यानले सबै समर्थकलाई मुलपानीमा नगई घरमै बसेर टेलिभिजिन र अनलाइनमा खेल हेर्न पनि समर्थकहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?