+
+

गुल्मीको हुग्दी खोलामा किशोरीको शव फेला

अनिल खत्री अनिल खत्री
२०८० कात्तिक १७ गते १०:१४

१७ कात्तिक, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेका अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव फेला परेको हो । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

मनिषाकी आमाका बिहीबार दिउँसो ११ बजेतिर खेतमा काम गरिरहेकाहरुलाई सुर्ति किनिदिन भन्दै उनी पसलमा गएकी थिइन् । अबेलासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी शुक्रबार बिहान मृत फेला परेकी हुन् ।

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एसपी नवीन किशोर प्रधानसहितको टोली घटनास्थल प्रस्थान गरेको छ ।  अनुसन्धान टोली पुगेपछि मात्रै घटनाको विस्तृत विवरण आउने डिएसपी पाण्डेले बताए ।

मृत फेला परेकी मनिषा चन्द्रकोट ५ धुवाँखर्क निवासी हुन् । उनको परिवार चन्द्रकोट ४ श्रीलंका टोलमा बस्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?