+
+

इम्पेरिमेन्ट चार्ज बढ्दा नबिलको नाफा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १०:४३

१७ कात्तिक, काठमाडौं । इम्पेरिमेन्ट चार्ज बढ्दा नबिल बैंकको नाफा खस्किएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको सो अवधिको तुलनामा नाफा घटेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको मुख्य आम्दानी अर्थात् खुद ब्याज आम्दानी भने गत वर्षको पहिलो त्रैमासमा ३ अर्ब ६७ करोड रहेकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब १७ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा बढ्दा नाफामा असर देखिएको हो । बैंकको निष्क्रिय कर्जा ३.६९ प्रतिशत पुगेको छ, पहिले यो २.३३ प्रतिशत थियो । निष्क्रिय कर्जासँगै  इम्पेरिमेन्ट चार्ज ९९ करोडबाट बढेर १ अर्ब ११ करोड पुगेको छ ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७२ पैसामा झरेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २७ रुपैयाँ १ पैसा थियो ।  बैंकको सिडी रेसियो ८६.५३ प्रतिशत छ । बैंकको नेटवर्थ २१८ रुपैयाँ २७ पैसा छ । यसअघि गत आर्थिक वर्षको पहिलो त्रैमासमा २३३ रुपैयाँ २८ पैसा थियो ।

बैंकको आधार दर ९.५८ प्रतिशत छ । यसअघि गत वर्षको पहिलो त्रैमासमा यस्तो दर ९.४५ थियो । बैंकको स्प्रेड दर ४.०३ बाट ३.९९ प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?