+
+

एभरेष्ट बैंकको नाफा ९ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते ११:३९

१७ कात्तिक, काठमाडौं । पहिलो त्रैमासमा एभरेष्ट बैंकको नाफा ९.४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ करोड ७ लाख रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।

गत वर्षको यस अवधिमा ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढ्दा पनि इम्पेरिमेन्ट चार्ज बढेकाले नाफामा संकुचन देखिएको हो ।

बैंकले यो वर्षको पहिलो त्रैमासमा १ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १ अर्ब ८८ करोड थियो ।

बैंकको इम्मेरिमेन्ट चार्ज भने यो अवधिमा १२ करोडबाट बढेर ४२ करोड ९५ लाख रुपैयाँ पुगेको छ । जसले बैंकको नाफालाई सिधा असर गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १९ पैसा कायम भएको छ ।

गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २१ रुपैयाँ ४५ पैसा थियो । कुल कर्जामा बैंकको निश्क्रिय कर्जा पनि बढेको छ । यसअघि ०.३३ प्रतिशत रहेको यस्तो कर्जा अहिले ०.९० प्रतिशत पुगेको छ । अधिकतम ९० प्रतिशतको सीमा रहेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) असोज मसान्तसम्म बैंकको ८२.९८ प्रतिशत छ । बैंकको औसत ब्याज अन्तर (स्प्रेड दर) ४ प्रतिशत छ । बैंकको आधार दर ९. ३ प्रतिशतबाट बढेर ९.७ प्रतिशत पुगेको छ ।

बैंकको रिटर्न अन इक्वीटी (आरओई) १२ प्रतिशतमा खुम्चिएको छ । गत वर्षको पहिलो त्रैमासमा आरओई १४.७ प्रतिशत थियो । हाल बैंकको सेयर मूल्य प्रतिकित्ता ४६२ रुपैयाँ छ । बैंकको जगेडा कोषमा १० अर्ब ४६ करोड रुपैयाँ बराबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?