+
+

रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १५:३०

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको बैठक पहिलोपटक काठमाडौं बाहिर गर्न लागेको छ ।

२२ र २३ कात्तिकमा मधेशमा बैठक गर्न लागिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए । ‘तीनवटा बैठक मधेसमा बस्छ । केन्द्रीय समिति र संसदीय दलको बैठक छुट्टा छुट्टै बसेर पछि संयुक्त बैठक गरेर तीनवटा बस्छ’, सहमहामन्त्री बुर्लाकोटीले अनलाइनखबरसँग भने ।

सिरहा, बारा र महोत्तरीमध्ये एक जिल्लाको ग्रामीण क्षेत्रमा बैठक बस्ने बुर्लाकोटीले जानकारी दिए । पार्टीका आन्तरिक गतिविधि तथा बैठकहरु केन्द्रीय राजधानी केन्द्रित हुँदै आएकाले विगतको निरन्तरता हटाउन काठमाडौं बाहिर बैठक गर्न लागिएको रास्वपाले जनाएको छ ।

‘मधेशको समस्या, त्यहाँको जनजीवन बुझ्ने अवसर पनि हो । बैठक मधेशमा बस्दा रास्वपा हाम्रो कुरा पनि बुझ्न आएको छ है भन्ने आशा त्यहाँका जनतामा हुन्छ’, सहमहामन्त्री बुर्लाकोटी भन्छन्, ‘आम नागरिकबाट पार्टीले खबरदारी पाउन पनि मधेशको गाउँ क्षेत्रमा बैठक गर्न लागिएको हो ।’

बैठकमा पार्टीको कार्यदिशा र महाधिवेशनका विषयमा पनि छलफल हुने सहमहामन्त्री बुर्लाकोटीले बताए । रास्वपाले मंसिरमा महाधिवेशन गर्ने भनिए पनि उक्त मितिमा नहुने भएको छ ।

मंसिरमा केन्द्रीय महाधिवेशन नहुने तर प्रक्रिया भने सुरु हुने बुर्लाकोटीले बताए । ‘२२ र २३ को बैठक सकिएपछि महाधिवेशनको क्यालेण्डर सार्वजनिक हुन्छ’, बुर्लाकोटीले भने, ‘वडा तहको अधिवेशन मंसिरबाट सुरु हुन्छ ।’

केन्द्रीय सदस्य थप्ने विषयमा आसन्न बैठकमा छलफलको एजेण्डा नहुने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?