+

विश्वकपमा छनोट भएपछि नेपाली खेलाडीले ढोगे मूलपानी मैदान (तस्वीरहरु)

२०८० कात्तिक  १७ गते १५:४९ २०८० कात्तिक १७ गते १५:४९
विश्वकपमा छनोट भएपछि नेपाली खेलाडीले ढोगे मूलपानी मैदान (तस्वीरहरु)

१७ कात्तिक, काठमाडौं । युएईलाई हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट भएपछि नेपाली खेलाडीले शुक्रबार मूलपानी मैदानमा खुशियाली साटासाट गरे ।

युएईले दिएको १३५ रनको लक्ष्य १७.१ ओभरमा दुई विकेट गुमाएर भेट्टाएपछि नेपाल विश्वकपमा छनोट भएको थियो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपाल १० वर्षपछि पुन विश्वकपमा छनोट भएको हो ।

विश्वकपमा छनोट भएपछि खेलाडीहरुले मूलपानी मैदानलाई ढोगेका छन् । कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामीलगायतका खेलाडीले मैदानलाई ढोगेका थिए ।

हेर्नुहोस् तस्वीरहरु

टी-२० विश्वकप क्रिकेट मूलपानी मैदान
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय