+
+

सडक अवरुद्ध हुँदा जाजरकोटमा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते ६:३१

१८ कात्तिक, जाजरकोट । सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।

केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताए ।

उनका अनुसार जाजरकोट-डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिंएको छ । पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समस्या भएको छ ।

रिम्नाकै बाटो भएर भूकम्प प्रभावित क्षेत्रका बिरामिलाई ल्याउनु पर्ने भए पनि पुल भासिंएकोले उद्धारमा कठिनाइ भएको हो ।

रुकुमपश्चिममा पनि केही ठाउँमा सुख्दा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् । सडक खोलेर उद्धारको काम भइरहेको छ ।

शुक्रबार राति गएको भूकम्पले हालसम्मको विवरण अनुसार जाजरकोटको नलगाठ र रुकुम पश्चिमको आठविसकोटमा धेरै क्षति भएको छ ।

नलगाडकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ ।

भूकम्पको केन्द्रविन्द रहेको बारेकोट गाउँपालिकाको भने विवरण आइसकेको छैन । प्रभावकारी सञ्चार सुविधा नभएका कारण पूर्ण विवरण नआएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार आफू पुगेको ठाउँमा मानवीय क्षति पुगेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?