१८ काठमाडौं, काठमाडौं । भूकम्पमा परी घाइते भएका १४ जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
एक जनाको भेन्टिलेटर राखेर उपचार भइरहेको छ ।
अस्पताल निर्देशक डा. डम्बर खड्का अनुसार थप २० जनालाई हेलिकोप्टरबाट ल्याइँदैछ ।
उनका अनुसार अहिले एक सय बेड तयारी अवस्थामा राखिएको छ ।
‘स्वास्थ्यकर्मीदेखि आवश्यक पर्ने उपकरण तयारी अवस्थामा राखेका छौं,’ डा. खड्काले अनलाइखबरसँग भने, ‘आवश्यक परेमा बाहिर पाल टागेर भए पनि सेवा दिन्छौं ।’
केही स्वास्थ्यकर्मीको अभाव हुनसक्ने भन्दै उनले समवन्यको काम भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4