+
+

केनको ह्याट्रिकमा डर्टमण्डमाथि बायर्नको सानदार जित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते ६:३६

१९ कात्तिक, काठमाडौं । ह्यारी केनले लगातार ह्याट्रिक गरेपछि बायर्न म्युनिखले जर्मन बुण्डेसलिगाअन्तर्गत डेर क्लासिकर खेलमा बोरियाड डर्टमण्डलाई ४-० ले पराजित गरेको छ ।

यसै सिजन मात्र इंग्लिस क्लब टोटनहमबाट जर्मन च्याम्पियन बायर्न पुगेका केनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

लगातार १२औं उपाधि जित्ने अभियानमा रहेको बायर्नले सुरुको १० मिनटेभित्रै डर्टमण्डको मैदानमा दुई गोल गरेको थियो ।

डायोट उपामाचोले चौथो मिनेटमै गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नै केनले गोल गर्दै अग्रता दोब्बर पारे ।

केनले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने इन्जुरी टाइमामा ह्याट्रिक पूरा गर्दै बायर्नलाई ४-० को जित दिलाए ।

केनले बुण्डेसलिगामा गत साता डार्मस्टाड विरुद्धको ह्याट्रिक गरेका थिए र उनको यो लगातार दोस्रो तथा समग्रमा तेस्रो ह्याट्रिक हो ।

केनले लिगमा १० खेलमा १५ गोल गर्दै सानदार सुरुवात गरेका छन् ।

जितपछि १० खेलबाट २६ अंक जोडेर बायर्न दोस्रो स्थानमा छ र शीर्ष स्थानरको बायर लेभरकुजनलाई पछ्याइरहेको छ । समान खेलबाट लेभरकुजनको २८ अंक छ ।

१० खेलबाट २१ अंक रहेको डर्टमण्ड चौथो स्थानमा छ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?