+
+

एक लाख राशीको नाफिज आर्थिक पत्रकारिता पुरस्कार श्रेष्ठलाई

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १०:१०

१९ कात्तिक, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदान गर्ने एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार प्रयास श्रेष्ठलाई प्रदान गरिएको छ ।

संघको १५ औं वार्षिकोत्सवको अवसरमा शनिबार घोषणा भएको पुस्कार श्रेष्ठले लेखेको नेपालमा बनेको यात्री मोटरसाइकलको दर्ता हुन कानुनी अड्चन र दार्ता हुने प्रक्रियासँग सम्बन्धित थियो । श्रेष्ठ रातोपाटी अनलाइनमा आबद्ध छन् ।

नाफिजले गठन गरेको पुस्कारको जुरीले प्रतिस्पर्धामा आवेदन दिएका १६ समाचारमध्येबाट उक्त समाचारलाई उत्कृष्ट घोषणा गरेका थिए । ‘शारदादेवी ढुण्डीराज भट्टराईको सम्झनामा सस्थापित १० लाख रुपैयाँको अक्षयकोषबाट हरेक वर्ष सो पुरस्कार एक जना आर्थिक पत्रकारलाई प्रदान गरिदैं आइएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र पुरस्कारका दाता रुपेश भट्टराई र दीपा भट्टराईले श्रेष्ठलाई प्रमाणपत्र र नदगसहित पुरस्कार प्रदान गरे ।

यस्तै नाफिजले हरेक वर्ष प्रदान गर्ने ५०–५० हजार नगद राशीको सीबीफीन नाफिज बैकिङ र आर्थिक पत्रकारिता पुस्कार पत्रकारद्धय रोयल आचार्य र सन्तोष रोकायका समाचारले प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?