+
+

सरकारले माग्यो दैवी प्रकोप उद्धार कोषमा सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १८:३९

१९ कात्तिक, काठमाडौं । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि इच्छुकहरुसँग आर्थिक सहयोग आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक सूचना जारी गर्दै शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि राहत, पुनर्स्थापना र घाइतेहरु उपचारका लागि सहयोग गर्न चाहानेहरुसँग आर्थिक सहयोग आह्वान गरेको हो ।

भूकम्पका कारण मृत्यु हुने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयले खोज, उद्धार र राहतका लागि क्रियाशील रहेकाहरुलाई धन्यवाद ज्ञापन गर्दै निरन्तरता र थप सहयोगको लागि अनुरोध गरेको छ ।

कार्यालयले संवेदनशील घडीमा देशविदेशबाट सहयोग गर्न इच्छुकहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न बैंक खातामा रकम जम्मा गर्न सक्ने जानकारी दिएको छ ।

कोषका खाताहरु

१. राष्ट्रिय बाणिज्य बैंक, पुतली सडक ११३०१००००३७६२००१ चल्तीखाता ।

२. कृषि विकास बैंक लिमिटेड, रामशाहपथ ००१००२०१००२९०७०१४ चल्ती खाता ।

३. नेपाल बैंक लिमिटेड, काठमाडौं ००२००१००५१००३९०००००१ चल्ती खाता ।

४. एभरेष्ट बैंक लिमिटेड, नयाँबानेश्वर ००१०११०२२०००१२ चल्ती खाता ।

५. स्टान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड, लाजिम्पाट ०००१०१३२४३८०१ चल्ती खाता ।

६. ग्लोबल आइएमई बैंक लिमिटेड, ज्ञानेश्वर ०४११०१००००००५ चल्ती खाता ।

७. हिमालयन बैंक लमिटेड, ठमेल ०१९०५६३१२१००११ चल्ती खाता ।

८. नबिल बैंक लिमिटेड, दरबारमार्ग १७१००१७५०५२८५ चल्ती खाता ।

९. हिमालयन बैंक लिमिटेड, कमलादी ०१९०५६३१२१००४६ चल्ती डलर खाता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?