+
+

दक्षिण अफ्रिका ८३ रनमै अलआउट, भारतको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते २२:०३

१९ कात्तिक, काठमाडौं । विराट कोहलीको शतक र रवीन्द्र जडेजाको पाँच विकेटको मदतमा भारतले दक्षिण अफ्रिकामाथि २४३ रनको शानदार जित हात पारेको छ ।

इडेन गार्डेनमा भारतले दिएको ३२७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले दोस्रो ओभरबाट विकेट गुमाउन थाल्यो र, २७.१ ओभरमा ८३ रन बनाउँदा अलआउट भयो । उसका लागि मार्को यानसेनले सर्वाधिक १४ रन बनाए ।

भारतका रवीन्द्र जडेजाले पाँच विकेट लिए भने मोहम्मद शमी र कुलदीप यादवले २/२ विकेट आफ्नो नाममा लेखाए । मोहम्मद सिरिजले एक विकेट हात पारे ।

बुमराह र सिरिजले सुरुवाती ८ ओभरमा २१ रन मात्र दिएका थिए, तर एक मात्र विकेट लिएका थिए । नवौं ओभरमा रोहित शर्माले स्पिनर जडेजालाई बल थमाए । आफ्नो पहिलो ओभरको दोस्रो बलमा उनै दक्षिण अफ्रिकाका कप्तानलाई बोल्ड गरे । अर्को एण्डबाट बलिङमा आएका शामीले मार्करमको विकेट लिए ।

खेलका क्रममा दुई पटक यस्तो क्षण आयो, जब फिल्ड अम्पायरले आफ्नो निर्णय बदल्नुपर्‍यो । १३औं ओभरको पाँचौं बलमा जडेजाको बल ब्याट्सम्यान हेनरी क्लासनको फ्रन्ट फुटमा लाग्यो र विकेटकिपर केएल राहुलले एलबीडब्लू अपील गरे ।

अम्पायरले विकेट नलिएपछि डीआरएस माग भयो, थर्ड अम्पायरको निर्णयपछि फिल्ड अम्पायरले क्लासनलाई आउट दिए १४औं ओभरको पहिलो बलमा शमीले फालेको बल रासी भानडरको प्याडमा लाग्यो । भारतको अपिललाई अम्पायरले अस्वीकार गरे, केएलको आग्रह अनुसार कप्तान रोहितले रिभ्यू लिए । थर्डअम्पायरले फिल्ड अम्पायरको निर्णय सच्याए, दक्षिण अफ्रिकाको आधार टिम पभेलियन फर्कियो ।

जन्मदिनमा कोहलीको शतक

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२६ रन बनाएको थियो । भारतका लागि कोहलीले ४९औं शतक बनाए ।

आफ्नो ३५औं जन्मदिनको उनको यो शतक यसअर्थमा पनि महत्वपूर्ण छ कि उनले एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको ४९ शतकसँग बराबरी गरे ।

इनिङ्सको अन्तिमसम्म टिकेका उनले १०१ रन बनाए । केएल राहुलले ७७ रन बनाए । भारतका कप्तान रोहित शर्मा ४० र शुभमन गिल २३ रनमा आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?