+
+

कञ्चनपुरमा बेपत्ता महिला मृत फेला, हत्याको आशंका

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते ११:१७

२० कात्तिक, धनगढी । कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् ।

आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको जानकारी दिए ।

उनका अनुसार मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्याको आशंका गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?