+
+

रास्वपा छाडेका सापकोटा आजपाको विदेश विभाग प्रमुखमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १७:४६

२० कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा)को विदेश विभाग प्रमुखको जिम्मेवारी धर्मेन्द्र सापकोटाले पाएका छन् ।

आजपा अध्यक्ष प्रभु साहले केन्द्रीय सदस्य धर्मेन्द्र सापकोटालाई विदेश बिभाग प्रमुखको जिम्मेवारी दिएका हुन् ।

सापकोटा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चिवन जिल्ला सभापति थिए ।

जिल्ला सभापतिबाट गत माघमा राजीनामा दिएका सापकोटा २५ असोज २०८० मा आजपा प्रवेश गरेका थिए ।

उनै सापकोटालाई सोमबार आजपा अध्यक्ष प्रभु साहले विदेश बिभाग प्रमुखको जिम्मेवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?