+
+
Shares

आरतीको माइती पक्षलाई गृह मन्त्रालयले वार्तामा बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १९:५९

२० कात्तिक, काठमाडौं । आरती साहलाई न्याय दिन माग गर्दै धर्नामा बसेको माइती पक्षलाई सरकारले वार्तामा बोलाएको छ ।

गृह मन्त्रालयले साहका बुवा विनोदप्रसाद साहलाई पत्र पठाएर आधिकारिक प्रतिनिधि तोकेर वार्तामा पठाउन आग्रह गरेको हो ।

घटनाको विषयमा छानबिन गर्नुका साथै केही विषय सम्बोधन भएको भन्दै मन्त्रालयले पत्रमा भनेको छ, ‘यहाँहरुको गुनासो सम्बोधनार्थ थप छलफल गरी टुंगोमा पुर्‍याउनका लागि तपाईंहरुको तर्फबाट आधिकारिक प्रतिनिधि तोकी निष्कर्षका साथ घर फर्कने वातावरण तयार पार्ने गरी मन्त्रालयमा आमन्त्रण गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी साह ७ जेठमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी छ । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै साहको परिवार लामो समयदेखि धर्नामा छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?