+
+

भारतबाट घुम्न आएकी युवतीको तिनाउको ड्याममा डुबेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १७:२६

२१ कात्तिक, बुटवल । भारतबाट नेपाल घुम्न आएकी एक युवतीको तिनाउ नदीमा डुबेर मृत्यु भएको छ ।

भारत उत्तर प्रदेश महगरकाजिपपुरकी २० वर्षीया शाहिस्ता प्रविणको तिनाउ जल विद्युतको ड्याममा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

फोटो खिच्ने क्रममा ड्याममा खसेकी प्रवीणको प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

मृतकको शवलाई लुमिबनी अस्पतालमा राखिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक प्रविण शिक्षकहरु सहित २०–२५ जनाको टोलीमा भारतबाट घुम्न आएकी थिइन् । उक्त ड्याममा डुबेर हरेक वर्ष मानवीय क्षति हुने गरेपनि स्थानीय निकायले दुर्घटना रोक्न पहल गरेको देखिंदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?