+
+

भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयं सेवक परिचालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १६:२६

२२ कात्तिक, काठमाडौं । नेकपा एमालेले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालय बैठकले आगामी १ मंसिरदेखि स्वयं सेवक परिचालन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार, एमाले स्वयं सेवकले पाँच हजार कार्य दिनमा एक करोड बढीको काम गर्नेछन् ।

स्वयं सेवक परिचालनको संयोजन कर्णाली प्रदेश कमिटीले गर्ने एमालेले निर्णय गरेको छ । बैठकले भूकम्प पीडितहरुका लागि संकलित राहत सामग्री प्रभावकारी वितरण गर्न सरकारसँग माग राखेको छ ।

‘राहत संकलन भएर प्रभावकारी वितरण नभएको, राजनीतिकरण भएको र त्यहाँ विपद् पर्यटन जस्तो देखिएकाले सरकारको गम्भीर गम्भीर ध्यानाकर्षण गराएका छौं’, ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?