
२४ कात्तिक, काठमाडौं । पहिलो त्रैमासिक समीक्षा अवधिमा आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ७६ प्रतिशतले बढेको छ ।
कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको पहिलो त्रैमासमा १३ करोड ३ लाख रुपैयाँ कमाएको छ ।
यो अपरिस्कृत वित्तीय विवरण भएकाले परिस्कृत हुँदा फेरबदल हुन सक्नेछ । कम्पनीको समग्र बिजनेस नै बढ्दा नाफा बढ्न गएको छ ।
कम्पनीको प्रिमियम आम्दानी, लगानीवापतको आम्दानी लगायतमा आएको वृद्धिले कुल आम्दानी बढेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा प्रिमियमवापत खुद १ अर्ब ३ करोड रुपैयाँ आम्दानी गरेको छ ।
गत वर्षको यसै अवधिमा यस्तो आम्दानी ८४ करोड ३१ लाख रुपैयाँ थियो । कुल आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड रहेकोमा यो वर्षको सो अवधिमा १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ९९ पैसा छ भने वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४ पैसा कायम भएको छ ।
प्रतिक्रिया 4