+

एनएसएलको आधिकारिक टिकेटिङ पार्टनर आइएमई पे

२०८० कात्तिक  २४ गते १७:४७ २०८० कात्तिक २४ गते १७:४७
एनएसएलको आधिकारिक टिकेटिङ पार्टनर आइएमई पे

२४ कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएलको आधिकारिक टिकेटिङ पार्टनर आइएमई पे रहने भएको छ ।

आइएमई पे र एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेज्मेन्टबीच यससम्बन्धी सम्झौता भएको हो ।

९ टिम सहभागी हुने नेपालको फ्रेञ्चाइजी फुटबल लिग एनएसएल मंसिर ८ गतेदेखि दशरथ रंगशालामा सुरु हुँदै छ ।

डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले  फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने  विश्वास लिएको नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेज्मेन्टले जनाएको छ ।

सम्झौता कार्यक्रममा आइएमई  पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले  नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको बताए ।

आईएमई पे एनएसएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय