+
+

विश्वकप क्रिकेटमा श्रेयस ऐयर र केएल राहुलको शतक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १८:०८

२६ कात्तिक, काठमाडौं ।  विश्वकप क्रिकेटमा भारतका श्रेयस ऐयर र केएल राहुलले शतक बनाएका छन् ।

उनीहरुको शतक र पाँचौ विकेटका लागि गरेको २०८ रनको साझेदारीको मद्दतमा भारतले नेदरल्याण्डसलाई ४११ रनको लक्ष्य दिएको छ ।

बैंगलुरुमा नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गरेको भारतका लागि चौथो नम्बरमा ब्याटिङमा आएका ऐयरले ८४ बलमा शतक पूरा गरेका हुन् ।

उनी १२८ रनमा नट आउट भए । उनले तेस्रो विकेटका लागि विराट कोहलीसँग ७१ रनको साझेदारी गरेका थिए । कोहली ५१ रनमा आउट भए ।

यस्तै पाँचौं नम्बरमा ब्याटिङ गरेका केएल राहुलले ६२ बलमा शतक पूरा गरे । उनी ५० ओभर पूरा हुन १ बल बाँकी छँदा १०२ रनमा आउट भए ।

ओपनर रोहित शर्मा ६१ र शुभमन गिल ५१ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?