+
+

हंगेरी र स्लोभाकिया युरोकपमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते ७:२१

काठमाडौं । हंगेरी र स्लोभाकिया अर्को वर्ष जर्मनीमा आयोजना हुने युरो कपमा छनोट भएका छन् ।

समूह जी अन्तर्गत बिहीबार राति भएको खेलमा बुल्गेरियासँग २-२ को बराबरी खेलेको हंगेरीले एक खेल अगावै युरोकपमा स्थान पक्का गरेको हो ।

७ खेलबाट १५ अंकसहित हंगेरी समूह जी को शीर्ष स्थानमा छ । दोस्रो स्थानको सर्वियाको ७ खेलबाट १३ अंक छ ।

हंगेरीले अब अन्तिम खेलमा मोन्टेनेग्रोसँग खेल्नेछ र उक्त खेल हारे पनि शीर्ष स्थानमा रहने पक्का छ । लिथुअनियालाई २-० ले हराएको मोन्टेनेग्रो भने ११ अंक सहित तेस्रो स्थानमा छ ।

अब यस समूहबाट सर्विया र मोन्टेनेग्रोमध्ये एक टोली युरो कपमा छनोट हुनेछ ।

यस्तै समूह जे मा स्लोभाकियाले आइसल्याण्डलाई ४-२ ले हराएर युरोकपमा स्थान बनाएको हो । यस समूहबाट यसअघि पोर्चुगल युरोकपका लागि छनोट भइसकेको छ ।

जितपछि स्लोभाकियाले ९ खेलबाट १९ अंक जोड्दै समूह उपविजेता बन्दै युरो कपमा स्थान बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?