+
+

तिहारपछिको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १३:०१

१ मंसिर, काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सुन र चाँदीको मूल्य बढेको छ ।

मंसिर लागेसँगै विवाहको सिजन पनि सुरु हुँदा सुनको मूल्य बढेको हो । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तिहारअघि २७ कात्तिकमा प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा  कारोबार भएको छापावाला सुन शुक्रबार बढेर १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजावी सुनको मूल्य पनि तोलाको १ लाख १४ हजार ९५० रुपैयाँ पुगेको हो । २७ कात्तिकमा १ लाख १२ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि प्रतितोला ९० रुपैयाँले बढेको छ । २७ कात्तिकमा १ हजार ३६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४५० रुपैयाँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?